आन्तरिक बिबाद छ तर फुट्ने कुरा छैन, वि,वाद समाधान गरेर पार्टी मजबुत भएर जान्छ-भिम रावल

६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा। भीम रावलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कुनै पनि हालतमा नफु,ट्ने, बरु एकजुट भएर जाने बताउनुभएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका(२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्व उपप्रधानमन्त्री डा। रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवा,द भएपनि पार्टी कुनै पनि हालतमा नफु,ट्ने बरु एकजुट भएर जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा वि,वाद छ तर फु,ट्ने कुरा छैन, वि,वाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ ।” नेता डा। रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमु,टाव समाधान हुने दाबीसमेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन ।” नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिर्वाय मान्नुपर्ने तथा मान्दिन भन्न कसैलाई छुट नभएको बताउनुभयो ।

जनमतको कदर गर्नकै लागि भए पनि पार्टी सँधै एकढिक्का भएर जानेसमेत उहाँले जानकारी दिनुभयो । नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवा,ही हुने बताउनुभयो ।

नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उहाँको भनाइ थियो । “हामी नागरिकको रक्षा र देशको विकासका लागि सरकारमा गएका हौँ”, उहाँले भन्नुभयो, “नेकपाको सरकारको पालामा विकासका गतिले तीव्रता पाएपछि प्रतिपक्षले भ्रष्टाचार ग¥यो भन्ने आरोप लगाएका हुन्, जुन आरोप निराधार छन् ।”