कसैले आफ्नो फोटोहाली पार्टीभित्र असन्तुस्ट भयको खबरप्रति सचेत रहन प्रभाकरको भनाई ,,

जेठ ४ – लामो समय देखि फरक धार भयका पार्टी एक हुने कि नहुने भन्ने गम्भीर प्रश्न सबैको सवाल हो ।, अब ईतिहासमै तेस्रो ठुलो   कम्युनिस्ट पार्टी भयको हुँदा विभिन्न कमेन्ट आउने गरेका छन्।

यसै सम्बन्धमा प्रभाकरलाई पार्टी भित्र असुन्तुस्ट भयको भन्दै कसैले फोटो हालेर गलत समाचार सम्प्रेसन गरेको हुँदा तेस्ता प्रति सचेत हुन नेता प्रभाकरले जनायका छन्।

उनले लेखेका छन् ,

२ पार्टी बिचको एकता भै नेपाल कम्युनिस्ट पार्टी निर्माण आफैमा दुरगामी महत्त्वको अर्थपूर्ण पहलकदमी हो । यसले जनताको खुशी मात्र हैन राष्ट्र निर्माणको नयाँ चरणमा प्रवेश गरेको छ ।

राष्ट्र र जनताप्रति प्रगति चाहने सबै यसबाट थप उत्साहित भयका छन । यो एकताको सफलताबाट खुशी भयर बधाई तथा शुभकामना दिनुहुने सबैलाई एकताको लागी नेतृत्वलाइ अहोरात्र खटेर सघाउने सहयोगीको तर्फबाट सबैलाई बधाई तथा हार्दिक धन्यवाद दिन चाहन्छु ।

साथै एकता नहोस भन्न चाहनेहरुले आज एकता विरुद्ध आफै बोल्न नसकेर मेरो फोटो राखेर जनतामा आयको उत्साहलाइ घटाउन सकिन्छकी भनेर गरेको भ्रमपुर्ण प्रचार प्रती सजग हुन अनुरोध गर्दछु ।

म सबै खुसीहरु मध्य अझ धेरै खुशी छु । तपाइहरु जस्तै म उत्साहित र आसाबादी छु । यो एकता पद ,सक्ता र व्यतिगत स्वार्थको खेल हैन । देश जनता र स्वाधीनताको लागी अपरिहार्य आवश्यकता ,ऐतिहासिक परिघटना र नयाँ युगमा प्रवेशको छलाङ हो ।