केपी ओलीका कारण नेकपा ध्वस्त भयो अब छिट्टै पाखा लगाउछौ नेपाल,,

मङ्सिर १७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद ल्याउने मुख्यजड प्रधानमन्त्री ओली केपी शर्मा ओली रहेको वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन्।

हिजो बसेको नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भएको चर्काचर्कीमा नेपालले यस्तो बताएका थिए। तेस्तै ओलीले प्रचण्डको प्रस्तवामा छलफलनै गर्दिन भनेपछि माधव नेपालपनि रिसले चुर हुँदै कड्किएका थिए।

उनले भनेका थिए ओली जी तपाई गलत हुनुहुन्छ प्रस्तावमा छलफल गदिना भन्न कसरि भ्याउनुभो ,तपाईका कारण नेकपा पार्टी ध्वस्त हुन लाग्यो ,तेस्तै नेपालले ओलीलाई वालुवाटारमा अबसर अंकगणित नगर्न पनि सुझाएका छन्।

पूर्व एमाले एकातिर पूर्व एमाओवादी एकातिरा हुन्छ कि भन्ने तपाई कल्पना नगर्नुहोला पार्टी फुटछ ,फुटाउछु भन्दै तर्साउने को हो भनेर नेपालले भनेका थिए। हिजोको पार्टी एकता दुईअधय्क्ष बीचमात्र भएको होइन ,के हिजो माले र मार्क्सवादीबीचको एकता मदन भण्डारी र मनमोहनबीचको एकता थियो ?

त्यो कसको एकता थियो ?’ बैठकमा नेता नेपालले भने, पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ । पार्टी एकता भईसक्यो अब पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ। अहिलेको पार्टी भनेको नेकपा हो पूर्व एमाले पूर्व एमाओवादी होईन नेपालले भने।