थप ८ जनाको मृत्यु

२४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ४ जना, सप्तरी, ललितपुर कास्की र पाल्पाका १र१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । लक्ष्मीपुर सप्तरीका ४२ वर्षका पुरुषको वीपी कोइराला स्‍वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति ११ बजे मृत्यु भएको छ । कोरोना संक्रमणपछि उनी मंसिर २० गते अस्पताल भर्ना भएका थिए । उनमा हाइपरटेन्सनको समस्या देखिएको थियो । काठमाडौंका ७० वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएर मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको थियो ।

काठमाडौंका ६६ वर्षका पुरुषको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर १५ गते संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
काठमाडौंका ४९ वर्षका पुरुषको मंसिर २१ गते मृत्यु भएको छ । मंसिर ३ गते अस्पताल भर्ना भएका उनमा १३ गते संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलाको समस्या थियो ।

काठमाडौंकी ९४ वर्षकी महिलाको मंसिर २१ गते मृत्यु भएको छ । मंसिर १५ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो । ललितपुरकी ५० वर्षकी महिलाको मंसिर २२ गते मृत्यु भएको छ । मंसिर१८ गते संक्रमण पुष्टि भएको उनलाई मिर्गौला, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

lekbesi

पोखरा महानगरपालिका, कास्कीका ६४ वर्षका पुरुषको मंसिर २२ गते दिउँसो ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंसिर ११ गते संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । रामपुर नगरपालिका(४, पाल्पाका ६३ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार विहान ११ बजे मृत्यु भएको छ । मंसिर ६ गते अस्पताल भर्ना भएका उनमा १७ गते संक्रमण पुष्टि भएको थियो ।