आज ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि मृतकको संख्या शुन्यमा झर्‍यो

फागुन २९,काठमाण्डाै – गत २४ घण्टामा नेपालमा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी  सात हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा  सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा १ सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । आजको दिन सम्म नेपालमा ४ हजार ९ सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । आजको दिन कोरोनाबाट कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ।

यस्तै २४ घण्टामा ८८ हजार चार सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

lekbesi