उखु किसानलाई भेटन पुगेका उधोग मन्त्रि भट्टलाई किसानले लखेटेपछि ,
पुष ३ ,काठमान्डौ – बक्यौता रकम पाउनुपर्ने भन्दै सर्लाहीबाट काठमान्डौमा आएर आन्दोलन गरिरहेका उखु किसानलाई माईतिघरमा भेट्न पुगेका उधोग मन्त्रि लेखराज भट्टलाइ उनीहरुले लखेटेका छन् भने नाराबाजी समेत गरेका छन्।
गत आईतबारबाट माईतिघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले चिनी उधोगीहरुलाई सरकारले संरक्षक गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।
किसानलाई भेट्न संघिय मामिला मन्त्रि हृदेश त्रिपाठी पनि पुगेका थिए ,मन्त्रि भट्ट माईतिघरमा अपुगेरा उखु किसानका आगुवालाई भेटेर चिनी उद्योगले पैसा दिन सुरुवात गरेको र आन्दोलन रोक्न आग्रह गरे लगतै किसानहरुले प्रदर्शनमा नाराबाजी गरेका हुन्।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आन्दोलनको समीक्षा बैठक बस्ने र आइतबारसम्मको अवस्था हेरेर आन्दोलन रोक्ने वा नरोक्ने निर्णय हुने बताए ।
किसानहरुले भने गत वर्ष पुषको महिनामापनि सरकारले बक्यौता रकम उपलब्ध गराउने भन्दै अहिले सम्म नगराएको हुनाले आफुहरुलाई विश्वास नभएको बताए।
कुन चिनी उधोगले कति छ उखु किसानलाई तिर्ने रकम।
लुम्बिनी चिनी मिल नवलपरासी ,१० करोड ,इन्दिरा चिनी मिल नवलपरासी ८ करोड ,वाग्मती खाँडसरि चिनी मिल नवलपरासी ४० लाख ,अन्नपूर्ण सुगर मिल सर्लाही ३० करोड ,महालक्ष्मी सुगर मिल सर्लाही ६ करोड ,श्रीराम सुगर मिल रौतहट ३५ करोड गरि जम्मा ८९.४० करोड किसानले पाउन बक्यौता रकम बाँकी छ।