Gold

प्रदेशमा जोड घटाउ कर्णाली प्रदेशमा प्रचण्ड -नेपाल समूहको स्पस्ट बहुमत ,

Naumule Migrate

पुष ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरीत प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि अब सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगिसकेको छ ।

यो पछि पार्टीभित्र गुट र शक्तिको लेखा जोखा चलेको छ अहिले यसको हिसाब किताबको जोड घटाउ कर्णाली प्रदेशमा सुरु देखिएको छ । अहिले कर्णाली प्रदेशमा नेकपा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका महेन्द्रबहादुर शाहीको नेतृत्वमा बहुमतको सरकार छ ।

कर्णाली प्रदेशमा अहिले ४० सांसद छन् ,जसमा साविकको एमाले र माओवादीबीचको चुनावी गठबन्धनबाट ३३ जना निर्वाचित भएका थिए । तीमध्ये साविक एमालेबाट २० र माओवादीबाट १३ जना छन् ।

बहुमत पुग्नमा २१ जना सांसद आवस्यक पर्ने हुन्छ। नेकपाले जितेका ३३ संसद मध्ये प्रचण्ड निकट १३, ओली निकट १२ र नेपाल निकट ८ छन् । प्रदेशमा प्रचण्ड-नेपाल समूहसँग अहिले २१ जना सांसद छन् ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका ६ जना र राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का एक जना सांसद रहेका छन् । ओली सरकार नछाडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गुटका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी पनि अहिले प्रचण्ड निकट रहेको कर्णाली प्रदेशका एक सांसदले बताए ।

अहिले कर्णालीमा प्रचण्ड-नेपालसमुहाबीच स्पस्ट बहुमत छ ,नेपालसमुहमा रहेका कर्णाली प्रदेश सभा सदस्य सुशील थापाले गत असोज २५ मा कर्णाली सरकारविरुद्द अविश्वास प्रस्तावमा ह्स्ताक्षर गरेका थिए ,अविश्वासको प्रस्ताव फिर्ता भएपछि थापा अहिले आफ्नै समुहमा रहेको दाबी गर्दछन।

अहिलॆ पार्टी विभाजन भएपनि कर्णाली सकार ढल्न सक्दैन किनकि सरकार बनाउन आवस्यक २१ सांसद प्रचण्ड नेपाल समुहको दाबी छ। केपी समूह, नेपाली काँग्रेस र राप्रपासहितका सांसदको संख्या हेर्दा १९ मात्र छ ।

 

Naumule Badhipahiro