प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता छान्दै

पुष ८ ,काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल समूहले विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएको छ। प्रचण्ड(नेपाल समूहको उक्त ुसंसदीय दलकोु बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ।

दिउँसो १ बजे संघीय संसद भवनमा बस्ने बैठकले दाहाललाई दलको नेता चयन गर्ने एजेन्डा रहेको छ। संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध पुस ५ गते उक्त समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।

उक्त प्रस्तावमा संसदीय दलको नेता तथा प्रधानमन्त्रीमा प्रचण्डलाई प्रस्ताव गरिएको छ। त्यसको निर्णय बुधबार गरिने उक्त पक्षको दाबी छ। उक्त समूहका विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यको बैठक सोमबार पनि बसेको थियो। बैठकमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदहरूको उपस्थिति थियो।