आजदेखि रस्ट्रिसभा अधिवेशन सुरु प्रचण्ड नेपालकै बहुमत, ओली अलपमत् ,

पुष १७ ,काठमाडौ – आज शुक्रबार अपराहन्न ४ बजेदेखि रस्ट्रिसभा अधिवेशन बस्दैछ। आजको बैठकमा मूलत ,संसद विघटनदेखि समसामयिक राजनितिक बहस हुने बुझीएको छ।
पुष गत ५ गते काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछिको यो पहिलो बैठक हो। राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन्।
ओलीको निर्देशनमा रास्ट्रपति विद्यादेवी भण्डारी संसद विघटनको सिफारिसलाई स्वीकार गरेपछि अहिले नेकपामा दुई धार बनेको छ। नेकपा फुटेको हैन भनेर नेकपा अहिले प्रचण्ड नेपाल समूह र केपी समूह फरक फरक देखिन्छ। राष्ट्रिय सभामा ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड-नेपाल समूहमा उभिएका थिए।
नेकपा उपाध्यक्षसमेत रहेका वामदेव गौतमपनि अहिले राष्ट्रिय सभा सदस्य हुन्। उनि प्रचण्ड ओली समूह कतापट्टि हुन् भन्ने खुलेको छैन। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली समूहका नेता हुन्। तर उनी निर्णायकबाहेक अरू बेला बोल्न मिल्दैन।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्नेमा नेपाली कांग्रेस र जसपा पनि छन्। कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड-नेपाल समूहका २४ जना सरकारको विपक्षमा छन्। यसो गर्दा ५९ जनामध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ।
