surkhet

हिन्दु धर्मावलम्बीहरु जुझारुक हुन अनुरोध

surkhet

हिन्दु राष्ट्रको माग गर्दै सुर्खेती जनता सडकमा

सुर्खेत, ७ जेठ । हिन्दु जागरण नेपाल दुवारा आयोजित शान्तिपूर्ण दवाव र्‍याली तथा कोणसभा कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ । हिन्दु राष्ट्र को माग गर्दै आयोजित गरिएको कार्यक्रम बिरेन्द्रनगर को मंगलगढीचोक बाट र्‍याली सुरु भइ बजार परीक्रमा गरि पिपिलचौतार मा कोणसभा कार्यक्रम भइ सम्पन्न भएको छ ।

Dailekh
Gorkha

उक्त र्‍यालीमा देश मा भैइरहेको धर्म परीवर्तन विरुद्ध को महाअभियान सहित तत्काल धर्म परीवर्तनकारीहरुलाई कारबाही को माग गर्दै विभिन्न नारा हरु लगाइएको थियो । कार्यक्रम मा “हिन्दु राष्ट्र कायम गर´´ सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद , धर्म निरपेक्ष खारेज गर बिदेशी धर्म चाहिदैन धर्म परीवर्तन गर्न पाइदैन धर्म परीवर्तन कारी लाई कारबाहि गर जस्ता नारा हरु लगाइएको थियो ।

पिपल चौतारामा भएको कोण सभा कार्यक्रम मा बोल्दै गरेका हिन्दु राष्ट्र अभियान्ता इश्वर कु. श्रेष्ठ ले “देश को संविधान मा धर्म निरपेक्ष लेख्नु देशका दलाल नेता हरुले डलर मा बिक्री भइ देश लाई धार्मिक युद्ध तिर धकल्नु हो´´ भनेका थिए त्यसैगरी अहिले देश मा भइरहेको धर्म परीवर्तन मा सरकार ले पनि साथ दिहि रहेको र येस्को बिरुद्ध मा अब हामी आफै हिन्दु धर्मावलम्बी हरु जुझारुक हुन अनुरोध समेत गरेका थिए ।येस्तै कार्यक्रम मा हिन्दु जागरण नेपाल पश्चिमाञ्चल बिभाग प्रमुख अन्जु बस्याल , केन्द्रिय अध्यक्ष गुरु रामकृष्ण उपाध्याय लगायत ले आफ्ना भनाइ हरु राखेका थिए ।

कार्यक्रम मा हिन्दु जागरण नेपाल का केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्याय लगायत सुर्खेत स्थित विभिन्न धार्मिक संगठन का अस्थावान व्यक्ति हरुको उपस्थिति रहेको थियो ।

salyan