कर्णालीमा ओली समूहका ३ जना सांसद प्रचण्ड नेपाल समूहमा आएपछि मुख्यमन्त्री शाही बहुमतमा ,

पुष २१ ,सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित भएको छ। नेकपा विभाजन भएपछि शहि अल्पमतमा परिसकेका थिए ,तर प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद प्रचण्ड समूहमा प्रवेश गरेका छन् ,यो संगै अब प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन ।

गत असोज २५ गते  केपी ओलीले वालुवाटारबाट निर्देशन दिएपछि यमलाल कंडेलले मुख्यमन्त्री शाहीविरुद अविश्वासको पत्र ल्याएका थिए । अविश्वास पत्रमा नेकपाकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध हस्तक्षर गरे जसमा पूर्वएमाओवादी नेकपाकै सांसद धर्मराज रेग्मी र ठम्मर विस्टले केपी ओलीलाई साथ् दिएका थिए ,उसैबेला मुख्यमन्त्री शाही अल्पमतमा परिसकेका थिए।

तेस्पछि माधव कुमार नेपालका सांसदलाई हातमा लिएर मुख्यमन्त्रीले पद जोगाएका थिए। तर अब भने प्रधानमन्त्री ओली समूहका सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढा र सांसद पदम रोकायले केपी ओली समूहछोडेर प्रचण्ड -नेपाल समूहमा आएपछि प्रदेश सरकार सुरक्षित देखिएको हो ।

यो संगै कर्णाली प्रदेशमा बहुमत जुटेको छ ,कर्णाली प्रदेशमा ३३ जना सांसद छन् ,ओली समूहका सभामुख राजबहादुर शाहीसहित ११ जना छन्। प्रचण्ड नेपाल समूहसंग सांसदको संख्या अब २२ पुगेको छ। जम्मा ४० सदस्यीय प्रदेश सभामा २१ जना सांसदको समर्थन भएमात्रबहुमत पुग्छ शाहीको पक्षमा २२ जना सांसद पुगीसकेका छन्।