सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका ,,
८ जेठ काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले आईपीएल आˆनो अविस्मरणीय यात्रा भएको बताएका छन् । आईपीएल खेलेर मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले स्वागत गरेका थिए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ’ उनले भने, ‘रमाइलो पनि भयो । धेरै कुरा सिक्न पाएँ । अझै धेरै कुरा सिक्न बाँकी नै छ ।’

उनले अर्को वर्ष आफूसँगै अन्य नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए ।
सन्दीपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका हुन् । सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्ले आफमा नपुग्ने भएपछि मौका पाएका थिए । तर, तीन वटै खेलमा राम्रो प्रदर्शन गरे ।
दिल्लीको टोलीमा राम्रा खेलाडीहरु रहेको र सुरुमै अवसर नपाए पनि पाएको अवसरमा राम्रो खेल्ने प्रयास गरेको सन्दीपले बताए ।