Gold

केपी ओलीलाई माधव नेपालको चेतावनी पार्टीको लेटरप्याड दुरुपयोग नगर्नु ,

Naumule Migrate

माघ ४ ,काठमान्डौ – नेकपा प्रचण्ड–नेपाल समूहका अधय्क्ष माधव कुमार नेपालले काम चलाउ प्रधानमन्त्रीलाई पार्टीको लेटरप्याड दुरपयोग नगर्न आग्रह गरेका छन्।

शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले ओलीलाई जनताले नंगाईसकेको बताउदै प्रचण्ड – नेपाल समूहनै नेकपा आधिकारिक पार्टी भएको हुँदा पार्टीको लेटरप्याड दुरपयोग गर्ने काम नगर्न चेतावनी दिएका हुन्।

संसद विघटन गरेर आफुलाई प्रधानमन्त्री भनिदिओस भन्ने केपी बाले टुक्का सुनाउने र जोक सुनाउने कामगरेका छन्। उनको काम जनताले बुझिसकेका छन् ,कुनै उपाए नलागेपछि अहिले जनतामा भरमा छर्ने र पार्टीको चिन्ह लेटरप्याडलाई दुरुपयोग गरेको देखिन्छ। यो कम ओलीले रोक्नुनै बेश हुन्छ नेपालले भने।

ओलीले गरेको संसद विघटनको चारैतिर विरोध भएपछि उनी सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले दाबीछ ।

Naumule Badhipahiro