धम्कि दिएर रकम अशुली गर्ने गिरोह प,क्राउ ,
माघ ५ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा डर धम्कि देखाउनदै एसएमएस गरेर मार्ने धाक दिने तिन जनालाई महानगरीय अपराध महाशाखाले प,क्राउ गरेको छ। प,क्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ् गाँउपालिका २ का प्रदिप कार्की,सुरज भण्डारी दोलखा शैलुङ् गाँउपालिका ८,किरण कार्की दोलखा शैलुङ् गापा ८ का रहेका छन्।
तिनै जनालाई हिजो ४ गते काठमान्डौको बागबजार मोडल हस्पिटल नजिकबाट पक्राउ गरि आज सार्वजनिक गरिएको शाखाले जनाएको हो।
पक्राउ परेकाहरुबाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाईल तथा सिमहरु बरामद गरी प्रारम्भिक अनुसन्धान गर्न महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाईएको पनि शाखाले बताएको छ । काठमान्डौमा धम्की दिने गिरोह सक्रिय देखिएपछि महानगरीय शाखाले निगरानी तिब्र बनाएको छ।