Gold

केपी ओली समूहलाई कार्यक्रम गर्न जिससले हल दिएन ,

Naumule Migrate

माघ ८ ,सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले सप्तरीमा बिहीबार गर्न लागेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमका लागि जिल्ला समन्वय समिति (जिसस)ले आफ्नो हल नदिने भएको छ ।

समितिका प्रमुख प्रभाकर यादवले जिल्ला प्रशासन कार्यालयलाई बिहीबार पत्राचार गर्दै नेकपाको आयोजनामा हुने युवा भेलाका निम्ति हल उपलब्ध नगराउन बताएका हुन् ।

नेकपाको दुवै पक्षबाट विवादहुने संकेत देखिएपछि सार्वजनिक सम्पत्तिमा क्षति हुने भन्दै हल उपलब्ध नगराउन अध्यक्ष प्रभावकर यादवले प्रशाशनलाई लेखेको पत्रमा उल्लेख छ । हल नपाएपछि अब ओली समूहको भेला राज रंगशालामा हुने भएको हो।

Naumule Badhipahiro