प्रहरी अनुसन्धानको निष्कर्ष भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या ,
माघ २६ ,काठमान्डौ – गत बुधबार बैतडीको दोगडाकेदार नगरपालिका ७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले अनुसन्धानले जनाएको छ ।
पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले बताएका हुन् । बलात्कार भएको पुस्टि संगै आज सोमबार लिखित रिपोर्ट आएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले भने ।
स्रोतका अनुसार प्रहरीलाई दिइएको रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ भनिएको छ । रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ ।
शरीरका विभिन्न भागमा स साना घाउहरु देखिएक छन्। शव भेटिएको वरपर घाँस माडीएको छ जसमा भागिरथलाई घिसारीएको हुनसक्ने एक प्रहरी अधिकृतले रंग दर्पणलाई बताए।
सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्दै गरेकी उनि बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए। भट्टको विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।
भागिरथका बुबाको केहि महिना अगाडी मृत्यु भईसकेको छ।
तेस्तै भागिरथको बलात्कारीलाई तत्काल पक्राउ गरि फाँसीको माग गर्दै आज माईतिघरमा चर्को आन्दोलन भएको छ।