सरकारलाई दिएको समर्थन केहि दिनमा फिर्ता लिन्छौ, प्रचण्ड,

चैत १४ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने जनाएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रतिनिधिसभा विघटन भएपछि हामि सडकमा आन्दोलनरत थियौ र अझै छौ ,आन्दोलनमा जानु र तेही सरकारलाई दिएको समर्थन अहिले सम्म फिर्ता नल्याउनुको कारण के भनेर धेरैले प्रश्न गरेपछि सरकारलाई दिएको समर्तः केहिदिनमा फिर्ता ल्याउने प्रचण्डले बताएका छन्।

सरकारलाई मैले प्रतिगमन भनिसकेको छु ,तेसैले राजनीतिक र नैतिक ढंगले अब धेरै पर्खिन नसकिने पनि उनले बताए। तेस्तै प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा गएका रानीतिक दलहरुबीच सहमति कर्ने कोसिस भईरहेकोले पनि समर्थ ल्याउन ढिलाई भएको दाहालले प्रस्ट पारे। तेस्तै अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो ।

अब छिट्टै समर्थ फिर्ता हुन्छ। यस्तै सर्वोच्चले संसद पुनस्थापना गरेपछि केपी ओलीले नैतिकताको लागि स्वत राजिनामा गर्नुपर्ने हो ,तेसैले मैले संसदमा थप प्रक्रिया चालेन। संसद पुनर्स्थापना भएपछि अब राजनीति सहज ढंगले अगाडी बढ्छ अब ठुलो लडाई जितिहालियो भनेर सोचेको थिए तर डिजाईन अर्को तिर गयो।

लोकतन्त्र र परिवर्तनविरुद्ध षड्यन्त्र भइरहेको छ भन्ने बुझेर एकपछि अर्को तयारी नगर्नु गल्ती भएको पनि प्रचण्डले बताए । नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने अस्वाभाविक फैसला आएको यसमा आफूहरुको असहमति रहेको र त्यसविरुद्ध आफूहरु पुनरावलोकनमा जान लागेको पनि दाहालले बताए ।तेस्तै अबको राजनीतिक निकासका लागि प्रचण्डले दलहरुलाई आवहान समेत गरेका छन्।