मेलम्चीको पानि पिउदै खुसि साट्दै तस्विरमा ,
चैत २० ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा राखिएको ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरेकी छिन ।
यो संगै अब काठमान्डौबासीका घरघरमा मेलम्चीको पानि पुग्ने बताईएको छ। तेस्तै भृकुटीमण्डपमा राखीएका तिन वटा धारबाट अब २४ घण्टा पानि आउने र सर्वाधारणले पिउन पाउनेछन्। तेस्तै मेलम्चीको पानि पीएर सर्वसाधारणले खिसी साटा साट गरेका हुन्।
कृष्णप्रसाद भट्ट्टराईको सपना झन्डै ३० वर्षपछी आज सपना पुरा भएको स्थानीय बताउछन। भट्ट्टराईले ०४८ को चुनावी सभाका क्रममा मेलम्चीको पानी काठमाडौंको सडक पखाल्छु भनेका थि।
तेस्तै आज रास्ट्रपति भण्डारीलेपनि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छिन। उनले भनिन भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने प्रतिवद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो । मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन गर्न प्रेरणा मिल्यो ।