नेपालमा एकै दिन कोरोनाबाट १३ जनाको मृ,त्यु ,
चैत ३० ,काठमान्डौ – नेपालमा पछिल्लो समय कोरोनाका बिरामीको सबैभन्दा बढी मृ,त्यु भएको छ । स्वास्थ्य तथा अजन्संख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १३ जनाको मृ,त्यु भएको हो ।
यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । यस्तै आज थप ५५९ जना नयाँ संक्रमित थपिएका छन् ,यो पछि कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४,३७८ जनाको र ७२७ एन्टीजेन परीक्षण गरिएकोमा यस्तो तथ्यांक देखिएको हो ।पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् ।मुलुकभर ८५ जना क्वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना आइसोलेसनमा रहेका छन् ।