नेपाल र नेपालीको लागि शान्दार जित ,

बैशाख ४ , काठमान्डौ – नेपालले पाहाना नेदरल्यान्डसलाई ९ विकेटले पराजित गर्दै शान्दार जित हासिल गरेको छ ।

टोलीओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गरेको हो ।त्रिवि क्रिकेट मैदानमा १३७ रनको लक्ष्य पाएको नेपालको सुरुवात उत्कृष्ट रहेको हो ।
