यी नै हुन् आफ्नै श्रीमानलाई खानामा विष हालेर मार्ने पार्वती ,
बैशाख १० ,काठमान्डौ – आफ्नै श्रीमानलाई खानामा विष हालेर मार्ने भक्तपुरको सूर्यविनायक नगरपालिका,४ कि पार्वती थापामगरलाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ घर भएर सूर्यविनायकमा डेरा गरि बस्ने २९ वर्षीय पार्वती थापा मगरले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगरलाई खानामा विष हालेर मारेको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
२०७२ माघ २८ गते घरमै श्रीमान विष्णु थापा मगरलाई पार्वतीले खानामा विष हालेर मरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो ।
अण्डा करी, गहतको दाल र खानामा विष खुवाएको सो खाना र मृतकको भिसेरा परीक्षणबाट देखिएको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले भने,आरोपीलाई पक्राउ गरेर हामिले थप अनुसन्धान शुरु गरेका छौं ।
घटनास्थलबाट फेलापरेको खानाको स्याम्पल परीक्षणको लागि प्रयोगशालामा पठाईएको थियो। २०७४ साउन ९ गते ती खानेकुरामा किटनाशक बिषादी फेला परेको परीक्षणबाट थाहा हुन आएको थियो । मृतकका भाई लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको हो ।