प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले गरे अस्विकार,

काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलेको प्रस्तावलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अस्विकार गरेका छन्।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए । बैठकपछि कांग्रेसका नेता प्रकाशशरण महतले संचारकर्मीसंग कुरा गर्दै ओली पक्षसँग सत्ता सहकार्य सम्भावना नरहेको बताए।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। तेस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।