आपतकालीन सहयोग र सुझावको लागि कैलालीमा युवाहरुले सुरु गरे ईमरजेन्सी हेल्प डेस्क

वैशाख २७ ,काठमान्डौ – कैलालीको लम्की चोकमा युवाहरुले आपतकालीन सहयोग र सुझावको लागि ईमरजेन्सी हेल्प डेस्क सुरु गरेका छन्। कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै समस्यामा परेकाहरुलाई सहयोगको भावनाले इमर्जेन्सी हेल्प डेस्क सुरु गरेको युवा समाजसेवी जनक सुनारले बताए ।

उनीहरुले आपतमा परेका जो कोहीलाई अस्पताल र एम्बुलेन्सका फोन नम्बरहरु उपलब्ध गराउने,मास्क अनिवार्य लगाउन सुझाब दिने गरेका छन्।

तेस्तै अस्पतालका आईसोलेसनमा अक्सिजन प्रदान गर्नका लागि प्रयास गर्ने ,दीर्घकालिन रोग लागेका बिरामीहरुको लागि घरसम्मै औसधि पुर्याउने गरेको पनि सुनारले बताए।

तस्विर :जनक सुनारको सामाजिक सञ्जालबाट ,

कोरोना महामारीले दैनिक गुजारा गरि छाक टार्न मुश्किल भएका हरुलाई सहयोग गर्ने र आवस्यकता अनुसार थप सेवा प्रदान गर्ने गरि हेल्प डेस्क सुरु गरिएको उनीहरुले बताए।

तेस्तै आफूहरुले सुरु गरेको हेल्प डेस्कमा माक्स सेनिटाईजर ,ग्लब्स देखि आर्थिक सहयोग गर्न ईच्छुक जो कोहिले निम्न नम्बरमा सम्पर्क गर्न सकिनेपनि जनक सुनारले बताए ।

 सम्पर्क फोननम्बरहरु!!
-9868096317 , 9811644617 ,9840728130
9848410321 , 9863322013 , 9804616934