कर्णालीमा आजै दुई मन्त्रि थप्ने तयारि

वैशाख २९ ,सुर्खेत – कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द बहादुर शाहीले दुई जना नयाँ मन्त्री थप्न लागेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा दुई जना नयाँ मन्त्रीलाई नियुक्त गर्न लागिएको मुख्यमन्त्री श्रोतले जनाएको छ ।

सुर्खेतका विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानुन र रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनीहरु दुवै जना माओवादी केन्द्रका हुन् भने गोपाल शर्मा नेता जनार्दन शर्माका भाइ हुन्।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राजीनामा दिने कुरा छ। यस्तै कर्णालीमा दल रावलले चैत २४ गते राजीनामा दिएपछि यो मन्त्रालय पनि खालि छ ।

यसमा कसलाई नियुक्त गर्ने भन्ने कुरा आईसकेको छैन। भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाउने र त्यसमा माओवादीकै सिता नेपालीलाई नियुक्त गर्ने तयारी रहेको पनि श्रोतले जनायो ।‍ नेपाली माओवादी संसदीय दलकी प्रमुख सचेतक हुन्।