शुक्रबार रिलिज भयका ३ चलचित्र मध्ये राम्रो ब्यापार गर्न सफल अमेरिका बोईज ,,

जेठ २० – शुक्रबार देखि हलमा ३ ओटा चलचित्र प्रदर्शन भयका थिय। त्यो मध्ये एउटा हो अमेरिका बोइज।

, अमेरिका बोईजले दुई दिनमा राम्रो ब्यापार गर्न सफल भयको यसको निर्माण पक्षले बतायाको छ। पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन ।

चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाइको वरिपरी घुमेको यो चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स हलमा राम्रो कमाई गरेको छ ।

चलचित्रको हल रिपोर्ट वुझ्नका लागि यसका कलाकार शनिबार केही हलमा पुगेका थिए । दर्शकले दिएको प्रतिक्रियाबाट आफूहरु खुशी भएको यसको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ । प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो ।

चलचित्रको वर्ड अफ माउथ सुखद रहेकाले दर्शक बढ्ने विश्वास लिइएको छ ।

शुक्रबारबाट अन्य २ चलचित्र पनि रिलिज भएका थिय तर ति मध्ये अमेरिका बोइज’को व्यापार धेरै माथि रहेको हल संचालकहरुले बताएका छन् ।