सल्यानको पाँचरेमा १४ बाख्रा मारेको बाघले आरुखोर्कमा ८ बाख्रा मार्यो
फागुन १६

सुर्खेत – सुर्खेतको धारपानी आरुखोर्कमा बाघले ८ ओटा बाख्रा मारेको छ।

आक्रमक रुपमा हिडेको बाघले केही दिन अगाडि मात्र छिमेकी जिल्ला सल्यान बनगाड पाँचरे ११ मा ९ भेडा र पाँच ओटा भेडा मारेको थियो।
उक्त बाघ अहिले सल्यानबाट सुर्खेतको जंगलतिर पसेको र आठ ओटा बाख्रा मारेको खबर आएको हो। उक्त बाघ नियन्त्रण गर्न स्थानियले माग गरेका छन।
