सरकारले विनियोजन गरेको नयाँ बजेट यस्तो छ
काठमान्डौ – सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ ।
जस्मा सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको बजेट प्रस्तुतमा अर्थमन्त्री बिष्णु पौडेलले बताए ।
यस्तै थप बजेट सरकारले यसरी विनियोजन गरेको छ ।
-निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
-वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।
-खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।
-अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
-युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
-विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।
-सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।
-महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
-प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
-गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
-दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
-३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
-उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
-दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
-कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
-वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
-सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
-पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
-आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
-काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
-२०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
-पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।
-शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।
-साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।