थप ४७६२ जनामा संक्रमण पुष्टि ६४९१ जना संक्रमणमुक्त

जेठ १७ ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा नेपाल भरीबाट थप ४,७६२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । यस्तै थप ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।
यो संगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ। पछिल्लो २४ घन्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ यो पछि कोरोनाबाट निधन हुनेको संख्या ७ हजार ३८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
