राज्यसत्ता दलालहरुको हातमा हुँदा मुलुकको स्वाधिनता खतरामा पर्दो रैछ : गगन् खड्का (जीवन )
जेठ १७ ,जाजरकोट – हाम्रो पुस्ता अनबिज्ञ छैन,दशकौं भयो मुलुकको स्वतन्त्रता राजनैतिक स्थिरता,सुशासन र संबृध्दिका लागि जनताको अपुर्ब सहभागितामा ठूलठूला बलिदानि पुर्ण संघर्षहरु भय।
पटक – पटकका बलिदानि पुर्ण संघर्षमा ठूलो आशा र बिश्वास सहित उत्साहपुर्ण सहभागिता जनायौं। देशले होनहार छोराछोरीहरु गुमाय। ,हामीले सहपाठी गुमायौं। सहयौध्दा गुमायौं र आफन्त गुमायौं।
खोइ किन रत्तिभर परिवर्तनको महशुस भयन। राज्य सत्ताको थोरै भयपनि स्वरुप बदलियो,संरचना बदलियो तर हामीलाई परिवर्तनको आभाषनै भयन। यो मलाई मात्र अनुभूति भयको बिषय होइन।यो त दलालहरु बाहेक जनताको परिभाषा भित्र पर्ने आम जनसमुदायले महशुस गरेको बिषय हो।
यसो किन भईरहेको छ? यसको चुरो कुरो नबुझ्दा हामी कसैको पक्ष बिपक्षमा बिभक्त भइरहेका छौं । बिबाद र लडाईमा छौं। बस्तु एउटै छ बिषय एउटै छ तर हेराइ र बुझाइ फरक फरक। मुख्यत दृष्टिकोण कै कुरा हो,एउटै बस्तुलाई कसैले सुन्दर देख्छ भने कसैले कुरुप।
यो स्वभाविक कुरा हो,मान्छेका दृष्टिकोण उसले अबलम्बन गर्ने बिचार ,उदेश्य र स्वार्थमा निर्भर गर्ने गर्छ।बैक्तिक स्वार्थ ,गुटगतस्वार्थ जातिगतस्वार्थ र क्षेत्रगत स्वार्थ मुख्य समस्या हुन।
यी समस्याका विरुद्द राष्ट्रिय हित एबं राष्ट्रिय स्वार्थका लागि सिङ्गो मुलुक लडिरहेको छ। स्वार्थ बाझिदै गर्दा दृ्ष्टिकोण पनि बन्दै जान्छन। बर्गीय दृष्टिकोण पनि त्यसकै उपज हुन।
जति सुकै ठूला बिबाद,लडाइँ र युध्द किन नहुन सत्य एउटै हुन्छ।अथवा एउटा बिषयमा ,एउटा संदर्भमा र एउटा सापेक्षतामा सत्य एउटै हुन्छ। दुवै गलत वा दुवै सहि भन्ने हुदैन। बिषयलाई छुट्याउन नसक्ने गाँजेमाजे मान्छेहरु वा सारसंग्रहबादी सोच भयका मान्छे हरुले बिषयलाई घालमेल पारी बुझ्ने र यतानउताका कुरा गर्ने गर्छन।
कित्ताबन्दीको लडाईमा वा वारपारको लडाईमा बिचमा बस्ने मान्छेहरु प्राय यस्तो सोच्ने गर्छन।अँ यतिबेला बिषय प्रतिगमन र अग्रगमनको हो। हाम्रो देशको अबस्था,सरकार अनि नायक र खलनायक को बिषयमा चर्चा परिचर्चा र बिषय मै केन्द्रीत छन बहसहरु हाम्रा नजरमा मुलुक प्रतिगमन तिर जाँदैछ,साशक निरङ्कुश बन्दै छ,राष्ट्र को स्वाधिनता खतरामा छ।
जनजिबिकाको अबस्था तेस्तै छ।गरिबी र बेरजगारको समस्या झनपछि झन बिकराल बन्दै छ।पचासौं लाख युवाहरु देश निर्माण गर्नु पर्ने बेला बैदेशिक रोजगारीको नाममा विश्व श्रमबजारमा आफ्ना श्रम पाखुरा बेच्न बिवस छन,।
जसबाट धन्न नेपालीको छाक टरेको छ।अझै बेरोजगारको ठूलो हिस्सा मुलुकमै अभाव र गरिबी संग लडिरहेको छ,भ्रष्टाचार बेलगाम मौलाई रहेको छ अथवा भ्रष्टाचार बाट कुनै क्षेत्र बाकी छैन ।जसको प्रेरक र संरक्षक स्वयम् राज्य नै बनिरहेको छ।
तेसैले हामी भन्छौ राज्यसत्ता दलालहरुको हातमा छ र मुलुकको सार्वभौमिकता ,अस्मिता र स्वाधिनता खतरामा छ। दलालहरु भन्छन राम राज्यनै बने झै मुलुकले कहिले प्राप्त नगरेको स्वाधिनता प्राप्त गरेको छ।
हामी भन्छौ मुलुक गरिबी,बेरोजगार र पराधिनताको सिकार भईरहेछ र जनताको अात्मनिर्भरताको सपना मर्दै छ तर दलालहरु भन्छन मुलुक स्वाधिनता र संबृध्दिको यात्रामा दौडि सक्यो।
हामी भन्छौ भ्रष्टाचार ब्याप्त छ र अनियन्त्रित छ तर दलालहरु सुशासन र रामराज्य देख्छन अनि हामी के पि र के पि को सरकारलाई दलाल र खलनायक भन्छौ तर उनिहरु महानायक भन्छन।त्यसैले हामीले प्रतिगमन भन्छौं।
यसरी सोचाई र दृष्टिकोणमा यतिधेरै भिन्नता बस्तुगत जगत र ब्यबहारले सिर्जना गरेका कुरा त हुँदै हुन मुख्य त बैदेशिक प्रतिक्रियावादी शक्ति हरुको स्वार्थ र डिजाइनमा पैदा भयका जटिलता हरु हुन।
तथापि यसका जिम्मेदार देशभित्रका दलाल र कुलंघारहरु हुन।जो राज्यसत्ता कब्जा गरेर बसेका छन।हामी सोच्ने गर्छौ सरकार त स्वैच्छाचारी बन्यो,भ्रष्ट बन्यो र निरङ्कुश बन्यो न्यायालयले नियन्त्रण गर्दे हुन्थ्यो।
सामाजिक संजालमा समेत देख्यौ सेना प्रहरी ले त केही बोले हुन्थ्यो।यी हाम्रा मनगढन्त्य र अबुझ कुरा भय।मुख्य कुरा त साम्रज्यबादीहरुले केवल सरकामा मात्र पकड जमाउदैनन्।
आजको युगमा साम्राज्यवादले प्रत्यक्ष फौजी हस्तक्षेप भन्दा पनि कमजोर राष्ट्रमा सत्ताका अंगहरु कब्जा गरि आफ्नो स्वार्थ सिध्द गर्नुकाअतिरिक्त कमजोर राष्ट्रहरुका श्रोत दोहन गर्ने गरिरहेछन् ।यतिबेला राज्यसत्ताका अंगहरु जो हामीले हाम्रा भनिरहेका छौ ती हाम्रा नभै अरुकै भैसकेका हुन्छन।
साम्राज्यवाद भनौ या बिस्तारबादले अाफ्नो पकड सरकार(कार्यपालिका)मा मात्र जमाउदैन अपितु न्यायपालिका र ब्यबस्थापिका समेत अछुतो रहने कुरा भयन। ब्यबस्थापिका उसको अनुकुल नहुनुको परिणाम हामीले देखिसकेका छौ।र न्यायपालिकाका हर्कतहरु झनै प्रष्ट छन।
सरकारका स्वैच्छाचारी क्रियाकलाप र गैर संबैधानिक ज्यादतिहरुलाइ नियन्त्रण गर्नुको साटो उल्टो प्रोत्साहन दिइरहेको अबस्थाले धेरै कुराको पर्दाफास गर्छ।
यस्तो विषम परिस्थितिमा नेपालका राजनीतिक दलहरु र नागरिकहरुले पुन नया ढंगले सोच्नु पर्ने बेला अाय जस्तो लाग्छ। मतलब हामी एउटा युध्दमा छौ र अझै भिषण युद्दको तैयारीमा जुट्न आबस्यक छ।
यद्यपि यसो भनिरहदा कति संघर्ष र युद्द गर्ने भनेर मान्छेहरुबाट दिग्दारी ब्यक्त भैरहेका देख्छौ तर तेसो होइन,एकपटक युध्द वा संघर्ष गर्ने र जिन्दगि भरी सुतेर खाने भन्ने हुदैन ।
आवस्यकतामा संघर्ष वा युद्द अवास्यक्तामा एकता वा विश्राम हुनु पर्छ। जे होस यो युद्दको स्वरुप तपाइले सोचेको भन्दा भिन्न हुनेछ। अथवा अध्यक्ष माओले भन्नू भय झै युद्द रक्तपातपुर्ण राजनिति हो भने ,राजनिती रक्तपात बिहिन युद्द हो”।
याँही माओले भने झै रक्तपात बिहिन युद्दको तैयारीमा सबै दलहरु जुट्न आवश्यक छ भने देश ब्यापिरुपमा गाउँ र टोल – टोल सम्म फौजी टुकडी हरु तैयार गर्नु आजको आवश्यकता हो। तर यति भनिरहदा उहीँ कुराको पुनरावृत्ति हुने स्थितिमा जनताले साथदिने सम्भावना नै रहदैन। जनताले दलहरु र नेतृत्वबाट नयाँ सोच नयाँ शैली नयाँ परिपाटी सहितको सुनिश्चितता र संकल्प चाहिरहेछन।
गगन बहादुर खड्का (जिवन)
नेता नेकपा माओवादी केन्द्र