Gold
Bangad salyan

बिदेश पठाईदिन्छु भन्दै महिलालाई बन्धक गरियो उद्दार

कार्तिक ७

Salyan

काठमाडौं- काठमाडौँको चाल्नाखेलबाट बन्धक बनाएर राखिएको महिलाको उद्दार गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती महिलाको उद्धार गरेको हो।

काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकि पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए।

बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन्। अपहरणमा संलग्न एकजना फरार छन्।