बालाजुको दुग्ध विकासमा कृषिमन्त्रीको छापा ,पाउडर गोदाममा गरियो सिलबन्दी ,,
जेठ २८ – दुध गुणस्तरहिन रहेको खबर बजारमा आज भोलि जता ततै चलेको छ। , केहि दिनआगाडी मात्र पनि काठमान्डौमा बेच्ने गरियको कुनै पनि दुध पिउन योग्य नभयको खुलासा भयको थियो ।
यसै समयलाई मध्यनजर गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् । मन्त्री खनालले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन् ।
मन्त्रि संचारकर्मीको टोलि सहित सोमबार बिहान आधुनिक डेरीको अनुगमन गरेका छन् ।, आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएकाे, दूध बनाउन मिति उल्लेख नभएकाे पाउडर प्रयाेग गरेकाे भेटिएकाे बताए । त्यसैगरी दग्ध पदार्थकाे उत्पादनमा असल उत्पादन प्रणाली प्रयाेग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसाे नगरेकाे मन्त्रि खनालले खुलासा गरेका छन् ।
दुध बनाउन प्रयोग गरिने पाउडरमा स्पस्ट मिति नतोकियको पत्ता लागेपछि पाउडर गोदाममा शिलबन्दी गरेको छ। , मन्त्रि खनालले अन्य दुगध विकाश र तराकारी उत्पादन र केन्द्रमा पनि अनुगमन गरेका छन् ।,