शेरबहादुर देउवा केही दिनपछि प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

काठमान्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनपछि प्रधानमन्त्री बन्ने दाबि गरेका छन् ।

शनिबार संघीय संसद्‍ भवनमा आयोजित राजनीतिक बिटका पत्रकारसँगको अन्तक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

सर्वोच्च अदालतमा देउवाको समर्थनमा बहुमत १४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा दर्ता भएकाले लोकतान्त्रिक मान्यता अनुसार देउवा प्रधानमन्त्री बन्ने उनको तर्क छ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा प्रधानमन्त्री ओलीले अदालत सेटिङमा चलेको आफूमाथि आरोप लगाएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन्।

केहि दिन अगाडी ओलीको मन्त्रिपरिषदलाई सर्वोच्चले बदर गर्दा २० मन्त्री पदमुक्त भएका छन्। ओलीले अहिले सर्वोच्च अदालतलाई धक्याउन थर्काउन,थालेको पनि प्रचण्डले बताए ।

सर्वोच्चले लोकतान्त्रिक मान्यता अनुसार फैसला गर्छ संसद पुनर्स्थापना हुन्छ अहिले पनि म भन्छु शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ।त्यस्तै शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री चाहियो नभएको लोकतन्त्रको रक्षाक अलागी माधव कुमार नेपाल र आफूले उभिदिनुस भनेको पनि प्रचण्डले बताए।