रुकुम चौरजहारी

निषेधाज्ञाबारे भोलि निर्णय हुने सार्वजानिक यातायात जोर-विजोर प्रणालीमा चल्दै

रुकुम आठ विसकोट

असार १३ ,काठमान्डौ – उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय गरिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा आज छलफल हुन् नसक्दा भोलिलाई सारीएको हो।

निषेधाज्ञामा अहिलेको मोडालिटी लागू गर्ने वा अर्को मोडालिटी बनाउने भन्नेबारे भोलिको बैठकले निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

सार्वजनिक यातायात जोर विजोर प्रणालीमा खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् । भोलि ९ बजे तिन जिल्लाका संयुक्त सिडियोको छलफलले टुंगो लगाउने पनि भट्टराईले बताए। कोरोनाको दोस्रो लहरसंगै गत वैशाख १६ गतेबाट उपत्याकाका तिन जिल्लामा निषेधाज्ञा जारि छ।