प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

साउन १ काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा आज देखि बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडे र बालकोट गएका छन् । बालकोट ओलीको निजि निवास हो।

#प्रधानमन्त्री शेरबहदुर देउवा