रुकुम चौरजहारी

बझाङमा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम कोठाबाट चोरि

रुकुम आठ विसकोट

साउन १ , बझाङ – बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।

नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महत्तोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बरवडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राती चोरी भएको हो ।

महतो वडा सदस्य धनबिर बोहराको घरमा भाडामा बस्दै आईरहेका छन उनले पैसा पनि सोही घरको कोठाबाट चोरी भएको प्रहरीलाई जानकारी गराएका छन ।

रकम चोरी भएको भनेपनि घटनाको प्रवृती हेर्दा त्यस्तो नभएको प्रहरीको भनाई छ । पैसा राखेको दराजपनि तोडफोड छैन कोठाको पनि तोडफोड छैन त्यस्तो कुनै क्रियाकलाप नभएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको हो ।पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीय खडक बोहराले बताए ।

वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछकालागि नियन्त्रणमा लिएर प्रहरी अस्थायी पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीको बताए ।

सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफु करिब ९ बजे तिर नेट चलाउन वडा कार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताउने गरेका छन् ।

उक्त घरमा सचिव लगायत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ ।करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्नको लागि राखिएको बुझ्नमा आएको छ ।

सचिव लगायत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्नेकाम भइरहेको छ ।’स्थानीयहरूले ताला लगाएको दराजबाट पैसा सुटुक्क राती पैसा चोरी नभई मिलेमतो भएको हुन सक्ने आशंंका गर्ने गरेका छन् ।यता वडाका जनप्रतिनिधिहरूलाई बुझ्न खोज्दा समर्पक हुन भन सकेको छैन । घटनाको अनुसन्धान अगाडि बढाईएको कार्कीले बताए ।