क्यानडाको टोरन्टो विमानस्थलमा विमान दुर्घटना

फागुन ६

एजेन्सी – क्यान्डामा डेल्टा एअरलाइन्सको फ्लाइट ४८१९ गएराति टोरन्टो विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार मिनेसोटाबाट उडेको विमानमा ८० जना यात्रु सवार थिए ।
उनीहरु सबैलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ ।

दुर्घटनामा एक बालकसहित १५ जना घाइते भएका छन् ।
टोरन्टो पियर्सन एअरपोर्टमा अवतरण गर्ने क्रममा विमान पल्टिएपछि घाइतेभएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि विमानस्थलमा २६ उडान डाइभर्ट गरिएको छ । क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।