ब्रेन ट्युमरका बिरामी बलबहादुरलाई मलेसियाबाट आर्थिक सहयोग पठाईयो
साउन ४ ,काठमान्डौ- ब्रेन ट्युमरबाट बिरामी भई अप्रेसन गरेका रुकुमपश्चिम् चौरजाहारी नगरपालिका वडान ३ का बल बहादुर बिकलाई सहयोग स्वरुप मलेसियाबाट २२ हजार ६०० आर्थिक सहयोग उपलब्ध भएको छ।
धन बहादुर रसाइलीको समन्यमा उक्त रकम पठाईएको हो। पहिलो लौटको रकम बिरामी बलबहादुरलाई उपलब्ध गराईएको थप दोस्रो लौटको रकम पनि उपलब्ध गराईने धन बहादुरले बताए।
ब्रेन ट्युमरबाट दुई वर्षदेखि बलबहादुरको आर्थिक अवस्थाले अप्रेसन हुन सकेको थिएन। चौरजाहारी नगरपालिका लगायत सम्पुर्ण सहयोगी हरुको आर्थिक सहयोगपछि उनको काठमान्डौको वीर असपतालमा अपरेसन गरिएको थियो। अप्रेसन पछि उनि अहिले घरमै छन्।
डाक्टरका सल्हा अनुसार बिरामी बल बहादुरको बेला बेलामा उपचार र चेक जाँच गरिरहनुपर्ने हुन्छ।बलबहादुरको परिवार निकै निम्न अवस्थामा गुज्रिने गरेको छ।