Gold

होलिमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना प*क्राउ

चैत १२

Naumule Migrate

काठमाण्डौ – होली पर्व मनाउने क्रममा हिजाे जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा प्रहरीले २ सय ७७ जनालाई प*क्राउ गरेको छ ।

प*क्राउ पर्नेमा २ सय ६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमान्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए।

कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई  परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ उनले भने ।

हिजो दिउसो होलि खेल्ने क्रममा ग्याङफाईट हुँदा ललितपुरमा दुई जनाको ज्यान गएको छ।

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले हिजाे ६ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारपाङ्ग्रे ६ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जाँडरक्सी खाएर  गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई  माेटरसाइकल, स्कुटर  चलाउनेलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।

 

Naumule Badhipahiro