रवि लामिछानेलाई हिरासतमा राख्ने कि धरौटी माग्ने बहस जारी

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरू भएकाे छ ।

अदालत खुल्नु अघि नै बबरमहलस्थित काठमाडाैं जिल्ला अदालत पुगेका लामिछानेकाे थुन छेक बहस जारी रहेकाे छ ।

अदालतले कास्की जिल्ला अदालत झै धराैटी मागेमा उनी छुटने छन भने नमागे वा बयान नसकिएमा उनी आज हिरासतमा रहने छन् ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए ।

त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।

अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकाेले बयान लिइरहेकाे हाे  ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर हुन पुगेका हुन ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । पुष २८