रुकुम चौरजहारी

सरकार सत्ताको खेलमा एकै दिन मलेसियाबाट २४ जनाको शव आइपुग्यो तिन जनाको अस्तु

रुकुम आठ विसकोट

काठमान्डौ – मलेसियाबाट अकै दिन २४ जना नेपालको शव नेपाल ल्याईएको छ। जसमा ३ जनाको अस्तु पनि ल्याईएको छ।

मलेसियामा विभिन्न कारणले मृ,त्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव नेपाललामा ल्याएर आफन्तलाई बुझाईएको छ।

पहिलेनै शव पठाउने भनिएपनि लकडाउन र नेपाल सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले श्वा ल्याउन ढिला भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

मृत्यु हुनेहरुमा सबै भन्दा बढी आत्महत्याको कारण खुलेको छ भने अन्य औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृ,त्यु भएको खुलेको बोर्डले जनाएको छ। खाडी मूलुकहरुमा नेपालीहरु सबैभन्दा बढी मलेसियामा श्रम गर्ने गतव्य हो।

आज शव आउनेहरुमा बुद्धिराम कामी- सल्यान, मनीराम चौधरी- बर्दिया, कर्णबहादुर बुढाथोकी- बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी- बाग्लुङ, झापटबहादुर थापा- तनहुँ, दलबहादुर मोक्तान- पाँचथर, कृष्णकुमार राई- ललितपुर, होमबहादुर गुरुङ- सुनसरी,रामचरित्र कानु- बारा, अमरबहादुर माझी- सिन्धुपाल्चोक, लोकबहादुर शाही- दैलेख, रुपेशपुलामी मगर- सिरहा, श्यामु थारु- कपिलवस्तु, सोमरबहादुर तामाङ- ओखलढुङ्गा, शम्भु विक- झापा, कमलादेवी भण्डारी- मोरङ, लोकबन्धु लावती- झापा, मति तामाङ- नवलपरासी, यमबहादुर सनारी- पाल्पा, दलमान तामाङ- ओखलढुङ्गा, गोविन्द बोहरा- झापा। अस्तु ल्याइएका – मोहनप्रसाद चौधरी- नवलपरासी, मीनबहादुर विष्ट- डढेलधुरा, रोशनकुमार यादव- सिरहा