चीनले जित्यो टोकियो ओलम्पिक-२०२० को पहिलो स्वर्ण पदक

साउन ९ ,काठमान्डौ – टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् ।
२१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जितेकी छन् ।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।

सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् ।
