हिन्दु जागरण नेपाल सुर्खेतको वडा स्तरीय भेला भव्य रुपमा सफल

३ असार सुर्खेत ।
आज बिरेन्द्रनगर नगरपालिकामा वडा न. १४ मा हिन्दु जागरण नेपाल सुर्खेत ले वडा स्तरीय भेला भव्य रुपमा सफल गरेको छ । धर्म परीवर्तन विरुद्ध को महाअभियान लिएर अघि बढिरहेको हिन्दु जागरण नेपाल ले छबिलाल कंडेल को अध्यक्षता मा ११ सदस्यीय समिति गठन गरिएको छ ।

जसमा उपाध्यक्षमा नमराज रेग्मी , सचीवमा नवीन चालिसे , कोषाध्यक्षमा गोबिन्द भट्टराई (चालिसे) रहनु भएको छ भने सदस्यहरूमा हरीलाल कडेल , नरेन्द्र प्रसाद न्यौपाने ,धना न्यौपाने , कमला मन्दिर ,एक प्रसाद पराजुली , कुलापति पराजुली, डिल्ली राम भण्डारी लगएत रहनु भएको छ। त्यसैगरी संगठन को सल्लाहकार मा हरी हमाल , शिव प्रसाद भण्डारी ,बालकृष्ण पौडेल , टोप ब. हमाल रहनु भएको छ ।
कार्यक्रममा सनातन हिन्दु धर्मका अध्यक्ष भिम ब. आचार्य, हिन्दू जागरण सुर्खेत का हिन्दुबादी अभियन्ता इश्वर कु. श्रेष्ठ , कमल देव जिसी, ॐ तिवारी , राजेन्द्र शाही लगायत को उपस्थिति मा भव्य रुपमा सम्पन्न भएको थियो ।
नव गठित समितिलाई पश्चिमा अञ्चल बिभाग प्रमुख तथा सुर्खेत जिल्ला अध्यक्ष अन्जु बस्याल ले सपथ ग्रहण गराउनुभएको थियो। सपथ ग्रहण गराउने क्रममा सनातन हिन्दु धर्म को रक्षा गर्ने र देश लाई हिन्दु राष्ट्र बनायरै छोडने भनी सपथ खाएका थिए ।
उक्त कार्यक्रम हिन्दु अभियान्ता भिम प्रसाद आचार्य ज्यु को सभापतित्वमा र हिन्दु जागरण नेपाल पश्चिमा अञ्चल बिभाग प्रमुख तथा सुर्खेत जिल्ला अध्यक्ष अन्जु बस्याल ज्यु को विशेष अतिथिमा सम्पन्न भएको छ ।