नेपाल शिक्षक संघ प्रतिनिधी सभा चिङ्गाड गाउँपालिका मा सम्पन्न

असार ,३ सुर्खेत
नेपाल शिक्षक संघ चिङ्गाड गाउँपालिका प्रतिनिधी सभाको हिजो शनिबार उद्घाटन भएको थियो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिङ्गाड गाउँपालिका अध्यक्ष देब बहादुर चन्दले शिक्षा क्षेत्र भित्र देखिएका बिकृति अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । उनले राजनीतिमा भन्दा विद्यार्थीहरुको भबिस्यका लागि शिक्षकहरु एकजुट हुनुपर्ने बताए ।
यसै कार्यक्रममा शिक्षक संघका उपाध्यक्ष अम्बिका चपाई , ने बि संघ केन्द्रीय सदस्य हरि प्रसाद शर्माले अभिभावकको भुमिका शिक्षकहरुले निर्बाह गरिरहेकाले गुणस्तरीय शिक्षाका लागि पनि एक हुनुपर्ने बताए ।
कार्यक्रममा जगतजङ्ग राना , नारायण शर्मा, मदन प्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।