Simta
Simta
lekbesi

माधव पक्षले भोलि बोलाएको केन्द्रिय समिती बैठकप्रति ओली समूहको आपत्ती

Gurvakot

काठमान्डौ – नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भोलि बिहीवार बोलाएको केन्द्रिय समिति बैठकलाई केपि शर्मा ओली पक्षले आपत्ती जनाएको छ ।

बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ।  बैठकले आफ्नो समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ।

केपी ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

lekbesi

श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरीएको जान्कारी गराईन्छ विज्ञप्तिमा भनीएको छ ।

Simta