Simta
Simta
lekbesi

नौमुले गाउँपालिका अध्यक्ष भदे बुढाले लुकाएर राखेको थप १५५ बोरा चामलको गोदाम फेला “आजै गरियो नस्ट”

Gurvakot

दैलेख – कर्णाली प्रदेश नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढाले राहत वितरणको लागी खरिद गरेको चामल लुकाएर राखेको गोदाम नै फेला परेको छ ।

नौमूलेको स्याक नेपाल गोदाममा ७६ बोरा स्थानीय लालबहादुर खत्रीको घरमा ८० बोरा गरि १५५ बोरा कुहीइएको अवस्थामा फेला परेको छ । यसै गरि नौमुले गाउँपालिका वडान. २ को रापटको गोदाममा पनि करिब ४५ बोरा चामल लुकाएर राखेको जनताको भनाइ छ ।

lekbesi

स्थानीय प्रशासन ,सुरक्षा निकाय ,राजनीतिक पार्टीका प्रतिनिधि ,पत्रकार लगायत आम सर्वसाधारण जनताको उपस्थितिमा लुकाएर राख्दा कुइहिएको चामल सबैको रोहवरमा आज नस्ट गरिएको छ ।

संकटको समयमा जनतालाई वितरण गर्ने चामल गाँउपालिका अध्यक्ष भदे बुढाले लुकाएर राखि सडाएर फालेको र जनताको करबाट जम्मा भएको सरकारि बजेटको दुरुपयोग गरेकोमा जनता आक्रोसित बन्दै तत्काल सम्बन्धित प्रशाशनसंग कारबाही गर्न माग गरेका छन् भने तत्काल राजीनामा दिन आग्रह समेत गरेका हुन्।

चामल लुकाएको गोदामको ताला खोल्दै कार्यालय सहयोगी गङग पुन

यस्तै गाँउपालिकाले अझै कैयौं यस्ता कर्तुत लुकाएर राखेको र यसको खोजी गरि भदेले अनियमिताबाट अकुत सम्पत्ति कमाएको र यसको छानबिनको लागी कानुनी रुपमा अगाडि बढ्ने जनताको माग छ ।

खाद्य संस्थानको लोगो भएको उक्त चामल २०७५ मा प्याकिङ्ग भाको र नौमुले गाँउपालिकाले राहतको लागि भनी २०७७ भदौमा सर्वसाधारणलाई बेचेको थियो । राहतको चामल बेच्न नमिल्ने भन्दै जनताले आवाज उठाउन थालेपछि जनताबाट बच्न उक्त चामल लुकाएको अवस्थामा फेला परेको हो।

गत २१ गते अध्यक्ष भदे बुढाको कालो कर्तुतलाई रंग दर्पणले प्रकाशन गरेको थियो। समचार छापीएलगतै निजले आफूमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोधको आरोप लगाएको दाबी गरेका थिए । यो घटनाको बिषयमा गाँउपालिकाले पनि झुठो दाबी गरेको थियो भने नेपाली काङ्ग्रेस दैलेखले पनि झुठो र भ्रमामक खबर भनी विज्ञप्ति मार्फत अध्यक्ष भदे बुढाको बचाउ गरेको थियो।

यस्तै अध्यक्ष भदे बुढाले आफ्नो विरुद्दमा रंग दर्पणले समचार लेखको भन्दै आफ्नो रोहबरका केहि अन्लाईनलाई किनेर आफ्नो पक्षमा समचार समेत लेख्न लगाएका थिए।

रंग दर्पणले भदे बुढाले चामल लुकाएको भन्ने खबर प्रकाशन गरेपछि ईलाका प्रहरी कार्यालय नौमुले पनि चासोका साथ् न्निगरानी गरेको थियो। निगरानी गर्दै जाँदा १५५ बोरा चामल लुकाएको अवस्थामा फेला परेको र पूर्ण रुपले अखाद्य कुहीएको अवस्थामा फेला पारेको हो।

भ्रस्टचार अनियमितताविरुद्द हाम्रो अभियान निश्पक्ष खोजमूलक समाचार लेख्दा दैलेख जिल्लाका केहि अन्लाईन खबर र पित पत्रकारिता गर्नेहरुले रंग दर्पणविरुद्द लेखको समचारप्रति ध्यानाकर्षण भएको छ। पार्टीको स्वार्थ र नातागत हिसाबले हाम्रो रंग दर्पणलाई लगाएको आरोप आज झुठ्ठा सावित भएको छ ।

तपाई श्रमजीवि निश्पक्ष स्वच्छ ,मर्यादित ,विश्वसनीय पत्रकारिता गर्नुहुन्छ भने पत्रकारकै खण्डन गर्नु कतिको उपयुक्त हुन्छ ,मातृ भुमि अनलाई ,मध्यपहाड ,शुशान अन्लाईनले रंग दर्पणले लेखेको समाचार झुठो हो भन्दै अध्यक्ष भदे बुढाको पक्षमा समाचार लेखको अवगतनै छ। यस आचार संहिताको व्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहने हुँदा यी तिन अन्लाईनलाई छानबिन गरिदिन पत्रकार महासंघ दैलेखलाई हाम्रो निवेदन छ।

 यो पनि

कर्णाली दैलेख नौमुले गाँउपालिकाका अध्यक्ष भदे बुढाले राहतको ९० बोरा चामल लुकाएको अवस्थामा फेला

 

Simta