आत्महत्या गर्ने कि लड्ने विकल्पमा पुगेको थिए : प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७७ पुष ५ को संसद विघटनसँगै आफूसामु लड्ने वा आत्महत्या गर्ने भन्ने विकल्पमा समेत पुगेको स्मरण गरेका छन्।
अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र आफू सस्फल भएको समेत बताए।
आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीले प्रतिगमनको गर्ने र संविधानका उपलब्धि उल्ट्याउने काम समेत भयो। प्रतिनिधिसभा विघटन गर्नु मात्रै थिएन त्यसको लक्ष्य संविधानका उपलब्धि उल्ट्याउनु थियो ।

माओवादी आन्दोलनको विरासत उल्ट्याउने षड्यन्त्र थियो,’ दाहालले भने, ‘अब फेरि लडाइँ गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विकल्प थिए । आत्मससमर्पण भने म कहिले गर्दिन। मेरो टाउकोमा शहिद ऋण छ ,अब लड्ने कि मर्ने। मुक्ति वा मृत्युको ठाउँमा पुगेको देखेँ ।
त्यासपछी आफ्नो टिमका नॆतहरुसाँगा छलफल गरे र लड्ने प्रयत्न गरे। पार्टीका टीमका साथीहरूको सहयोगबाट फेरि लड्ने, क्रान्तिकारी ढंगले लड्ने, जोखिम उठाएर लड्ने निर्णय भयो । जेल जान पर्ने भएपनि जेल जाने, मारिनुपर्ने भए पनि मर्ने संकल्प हामीबाट भयो दाहालले भने ।
माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको थियो । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भयो सबै कार्यकर्ता सडकमा आए प्रचण्डले भने ।यस्तै पछिल्लो स्समय माओवादी केन्द्रकाका नेताहरु बिग्रिन थालेको र सबै सुध्रिन पनि उनले आग्रह गरे।