प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनेबारे कुनै छलफल नभएको बताएका छन्।

चितवनमा मंगलबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले महाअभियोगको विषयमा सत्तारुढ गठन्धनमा कुनै चर्चा र छलफल नभएको बताएका हुन्।

‘पछिल्लो समय न्यायलयमा देखिएको विवादको विषयमा हिजो मात्रै गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं। तर पाँचवटै पार्टी जुटेर यो छलफलमा गर्ने भन्ने कुरा भएको छ,’ प्रचण्डले भने,‘महाभियोगको त हामीले चर्चा नै गरेको छैन।

यसमा प्रसंग नै आएको छैन। आफन्तलाई कोटामा मन्त्री नियुक्तिको भागवण्डा गरेको आरोप लागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विवादमा तानिएका छन्। यस्तै हाल न्यालायमा देखीएको विवाद एक दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले बताए ।