पार्टी निकट पत्रकालाई जाँडरक्सी नखान नेपालको निर्देशन

कार्तिक २७,काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिएका छन।
अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएर हो हल्ला गरे आफूले राम्रो नमान्ने बताउदै जाँडरक्सी नखान निर्देशन गरे ।
पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उन्ले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरेका हुन।


अध्यक्ष नेपालले भन्नुृ भने तपाईंहरुमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटलमा गएर रक्सी नखाइ निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिन ।
उनले रक्सी नखाँदा व्यक्तिकाे स्वास्थ्य राम्राे हुने र घर परिवार र समाजमा इज्जत बढ्ने भन्दै खराब बानी नबिसाउन आग्रह समेत गरे । हाम्रो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको छ ।
यस्तै अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरेका छन । अहिले आफ्नो पार्टी व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ रहेको थियो।
