भ्रष्टाचार र अनियमितताका विरुद्ध कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्रीको आग्रह

काठमान्डौ – अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध पत्रकारहरुलाई सशक्त ढंगले कलम चलाउन आग्रह गरॆका छन्। पोखरामा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएक हुन्।

गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन ,कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न गर्नुहोस अर्थमन्त्री शर्माले भने। देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

सरकारले पहिलो पटक गरिबहरुलाई सम्झेर अति विपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको शर्माले जानकारी दिए।

कास्कीका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुख समेत रहेका नेता शर्माले सरकारले नागरिकको पक्षमा गरेका राम्रा कामहरुको प्रचार गर्न पनि आग्रह गरे।