नेकपा एमालेको महाधिवेशनमा कमल थापालाई निम्तो

मङ्सिर ४ ,काठमान्डौ – नेकपा एमालेले राप्रपा अध्यक्ष कमल थापालाई महाधिवेशनमा निम्तो गरेको छ।मंसिर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न थापालाई एमालेले निम्तो दिएको हो ।

राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई बुझाएका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको छ।#filephoto
